+
+

बालुवाटारमा ओलीसँगै देउवालाई कुर्सी

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चलिरहेको सत्ता साझेदार दलहरुको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग एउटै लहरमा राखिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १४ गते २१:१९

१४ माघ, काठमाडौं। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चलिरहेको सत्ता साझेदार दलहरुको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग एउटै लहरमा राखिएका छन् ।

यसअघि बालुवाटारमै बस्ने बैठकहरुमा प्रधानमन्त्री ओली मात्रै अगाडि बस्ने गर्थे । देउवासहित अरु शीर्ष नेताहरु प्रधानमन्त्रीको सामुन्नेमा पर्नेगरी दुई लाइनमा राखिने कुर्सीमा बस्दै आएका थिए ।

तर आजको बैठकमा भने प्रधानमन्त्री ओलीसँग एउटै लहरमा देउवाको कुर्सी राखिएको छ । प्रधानमन्त्री ओलीले आजै मात्र एक सार्वजनिक कार्यक्रम मार्फत सरकार चलाउन कांग्रेसबाट पुरा साथ पाइरहेको बताएका थिए ।

‘अहिले मैले नेपाली कांग्रेसबाट साथ पाएको छु । कुनै रिजर्भेसन बिना पुराका पुरा साथ पाएको छु । भोलि कांग्रेसले हामीबाट पुराका पुरा साथ पाउँछ’, प्रधानमन्त्रीले भनेका थिए । प्रधानमन्त्री ओलीले १७-१८ महिनापछि देउवा प्रधानमन्त्री बन्ने पनि बताएका थिए ।

‘अब १७/१८ महिना पछि शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्छ । उहाँले चलाउनु हुन्छ । मैले सहयोग गर्छु । नेकपा एमालेले पूराका पूरा सहयोग गर्छ’, प्रधानमन्त्री ओलीले भनेका थिए ।

यस्तो अभिव्यक्ति दिएको केही घण्टाभित्र बालुवाटारमा बसेको सत्ता साझेदारहरुको बैठकमा देउवालाई पनि ओलीले आफूसँगकै लहरमा बस्ने व्यवस्था मिलाएका हुन् । आगामी १८ माघदेखि सुरु हुने संसद बैठकको विजनेशबारे छलफल गर्न यो बैठक बसेको नेताहरुले बताएका छन् ।

बैठकमा एमालेबाट ओलीसँगै उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, लोसपा अध्यक्ष महन्थ ठाकुर, नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउत , जसपा नेपालका नेता राजकिशोर यादवलगायत सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?