+
+

१७ माघदेखि भृकुटीमण्डपमा चेम्बर एक्स्पो हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १४ गते १५:२६

१४ माघ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौं चरणको ‘चेम्बर एक्स्पो २०२५’ काठमाडौं भृकुटीमण्डपमा १७ माघदेखि सुरु हुने भएको छ ।

अन्तर्राष्ट्रिय स्तरको ‘सफ्टवेयर एन्ड एआई प्रोजेक्ट’ सहित आयोजना हुने चेम्बर एक्स्पो २१ माघसम्म चल्ने चेम्बरले जनाएको छ ।

एक्स्पोमा स्थानीय उत्पादन प्रर्वद्धन, बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्य रहेको चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालले बताए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा चेम्बरले अन्तर्राष्ट्रिय स्तरको एक्स्पो (व्यापार मेला) गर्न लागेको हो ।

नेपाली उत्पादन बजारीकरण विशेष जोड दिएर व्यावसायिक क्षेत्र एकीकृत गर्ने मुख्य उद्देश्य रहेको अध्यक्ष अग्रवालको भनाइ छ । सूचना प्रविधि (आईटी) विकाससँगै चेम्बर एक्स्पोको आर्कषणका रूपमा यो वर्ष सफ्टवेयर एन्ड एआई प्रोजेक्ट स्टलका रूपमा रहनु सवैभन्दा महत्त्वपूर्ण रहेको अग्रवालले बताए ।

चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपालको आईटी उद्योगलाई अन्तर्राष्ट्रिय आईटी कम्पनीको ब्याकअपका रूपमा विकास गरिनुपर्ने बताए ।

व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रका कार्यकारी प्रमुख शरदविक्रम राणाले देशभित्र खपत हुने सफ्टवेयर प्रयोग गर्दा आन्तरिक उत्पादन एवं प्रतिस्पर्धाकै आधारमा चयन गरिनुपर्ने धारणा राखे ।

त्यस्तै क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक गतिविधि, प्रविधि प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयाम नजिकबाट नियाल्न सहयोग पुग्ने चेम्बर मेला समिति सभापति राष्ट्रभुषण चाकुबजीले बताए ।

चेम्बरका सूचना प्रविधि समिति सभापति विज्ञान श्रेष्ठले एक्स्पोमा यो पटक आईटी उत्पादनलाई उच्च प्राथमिकतामा राखिएको बताए ।

विगत जस्तै यसपालि पनि एक्स्पोमा कृषिजन्य वस्तु, हस्तकला, लत्ताकपडा, अटोमोबाइल, इलेक्ट्रोनिक्स, होम अप्लायन्स, लजिस्टिछक, टेक्स्टायल, फर्निचर, तयारी पोशाक, छालाजन्य वस्तु, गरगहना, कस्मेटिक्स, खाद्य तथा दुग्ध उत्पादन लगायत सामग्री प्रदर्शन गरिने चेम्बरले जनाएको छ ।

चेम्बर एक्स्पोमा नेपाल, बंग्लादेश, भारत, चीन, थाइल्यान्ड, यूएई, दक्षिण कोरिया, मलेसिया, पाकिस्तान लगायत देशमा उत्पादित वस्तु प्रर्दशनी र व्यवसायीले सहभागिता जनाउने छन् ।

स्वदेशी र विदेशी गरी १ सय २५ भन्दा बढी स्टलहरु एक्स्पोमा राखिनेछन् । पाँच दिन चल्ने एक्स्पो कम्तीमा ५० हजार दर्शकले अवलोकन गर्ने चेम्बरको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?