+

मच्छिन्द्रलाई सडन डेथमा हराउँदै संकटा सभापति कपको फाइनलमा

२०८१ माघ  १४ गते २०:३५ २०८१ माघ १४ गते २०:३५
मच्छिन्द्रलाई सडन डेथमा हराउँदै संकटा सभापति कपको फाइनलमा

१४ माघ, काठमाडौं । संकटा क्लब सभापति कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको सेमिफाइनलमा मच्छिन्द्र एफसीलाई सडनडेथमा पराजित गर्दै संकटा उपाधिनजिक पुगेको हो ।

दशरथ रंगशालामा भएको सेमिफाइनलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल सिधै पेनाल्टी सुटआउटमा पुगेको थियो । त्यसमा संकटा ८-७ ले विजयी भयो ।

पेनाल्टीमा संकटाका दीप कार्की, अबेकाह रिचर्ड, साम कार्लोस्, सृजन क्षेत्री, सन्तोष खत्री, बोटेङ इमानुएल, रोशन पहारी, राम थापा र चन्दन दासले गोल गरे ।

त्यस्तै मच्छिन्द्रका देवेन्द्र तामाङ, छिरिङ गुरुङ, ओमोलाजा करिम, सनिश श्रेष्ठ, बिमल घर्तीमगर, दिवाकर चौधरी र समिर राज थोकरले गोल गर्दा दयानन्द सिंह र आयुष घलान पेनाल्टीमा चुके ।

संकटाले अब उपाधिका लागि एनआरटी क्लब र आयोजक लोकतान्त्रिक बागमती प्रदेशको टोलीबीचको विजेतासँग खेल्नेछ ।

सभापति कप फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय