+

राखेपमा दुई नयाँ सदस्य नियुक्त

२०८१ माघ  १४ गते २३:०८ २०८१ माघ १४ गते २३:०८
राखेपमा दुई नयाँ सदस्य नियुक्त

१४ माघ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेव) मा दुई नयाँ सदस्य नियुक्त भएका छन् । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सोमबार रन्जना प्रधान र विदुर ढुंगानालाई राखेपको बोर्ड सदस्यमा नियुक्त गरेका हुन् ।

खेलकुद मन्त्री चौधरीले आफैँ अध्यक्ष रहेको नाइटिङ्गेल स्कुलकी प्रिन्सिपल रन्जना प्रधानलाई राखेपमा सदस्यको रुपमा भित्र्याएका हुन् ।

प्रधान ललितपुरको कुपन्डोमास्थित नाइटिङ्गेल स्कुलकी प्रिन्सिपल हुन् ।

नवनियुक्त दुई  सदस्यलाई सोमबारै राखेपमा स्वागत गरिएको छ । राखेपका सदस्य सचिव टंकलाल घिसिङले उनीहरुलाई स्वागत गरेका हुन् । स्वागत कार्यक्रमा बोर्ड सदस्यहरु कमल बहादुर भट्टराई, भान बहादुर चन्द, रामचन्द्र श्रेष्ठ, अन्जना श्रेष्ठ तथा विभागीय प्रमुखहरुको सहभागिता थियो ।

यसअघि मन्त्री चौधरीले ८ जनालाई राखेपको सदस्यमा नियुक्त गरेका थिए । यसैगरी केही दिनअघि ध्रुव आचार्य राखेपको उपाध्य पदमा नियुक्त भएका थिए ।

राखेप बोर्ड सदस्य्

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय