+

सभापति कप फुटबल : फाइनल प्रवेशका लागि आयोजक बागमती र एनआरटी भिड्दै

२०८१ माघ  १५ गते ८:४४ २०८१ माघ १५ गते ८:४४
सभापति कप फुटबल : फाइनल प्रवेशका लागि आयोजक बागमती र एनआरटी भिड्दै

१५ माघ, काठमाडौं । काठमाडौंमा जारी सभापति कप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल आज हुँदै छ । फाइनल प्रवेशका लागि आयोजकको टिम नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती) र एनआरटी क्लबबीच प्रतिस्पर्धा हुने छ ।

आयोजक टिमको कप्तान विकेश कुथु छन् भने एनआरटीका कप्तान अञ्जन विष्ट छन् । एनआरटी ए डिभिजनको टिम हो भने आयोजकले ए डिभिजन खेलेका विभिन्न क्लबका खेलाडीहरूलाई समेटेर आयोजकको टिम निर्माण गरिएको छ ।

क्वाटर फाइनलमा आयोजक टिम बागमतीले विभागीय क्लब नेपाल पुलिसलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । पुलिससँग १ गोलले पछि परेको अवस्थामा उत्कृष्ट कम ब्याक गर्दै बागमतीले सेमिफाइनलमा स्थान बनाएको थियो ।

उता एनआरटीले भने फ्रेन्ड्स क्लबलाई ३–१ गोलअन्तरले पराजित गरेको थियो । उक्त खेलमा एनआरटीका अञ्जन विष्टले दुई गोल गर्दै शानदार प्रदर्शन गरेका थिए ।

दुवै टिम उत्कृष्ट लयमा रहेकाले आजको सेमिफाइनल भिडन्त रोचक हुने अपेक्षा गरिएको छ । आजको विजेताले बिहीबार संकटा क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ ।

यसअघि सोमबार भएको पहिलो सेमिफाइनलमा जित निकाल्दै संकटा क्लबले फाइनलमा स्थान बनाएको छ । संकटाले मच्छिन्द्र क्लबमाथि सडनडेथमा ८–७ को नतिजा निकाल्दै फाइनलमा स्थान बनाएको हो ।

सभापति कप फुटबल प्रतियोगिताको उपाधि विजेताले नगद २६ लाख प्राप्त गर्दा उपविजेताले १३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

सभापति कप फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय