+
+

एमाले संसदीय दलको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १५ गते ९:२५

१५ माघ, काठमाडौँ । नेकपा -एमाले_को संसदीय दलको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

बैठकमा यही माघ १८ गतेदेखि सुरु हुने संसद्को हिउँदे अधिवेशनको तयारीका लागि छलफल गर्ने कार्यसूची रहेको छ ।

सरकारले ल्याएका अध्यादेशको संसदमा पनि आलोचना हुनसक्ने भएकोले एमालेले त्यसको प्रतिवादको रणनीति पनि यो बैठकबाटै बनाउनेछ । यसअघि सत्तारुढ दलको बैठकले पनि एकमतका साथ संसदमा उपस्थित हुने निर्णय गरिसकेका छन् ।

आजको बैठकमा हिउँदै अधिवेशनका बैठकमा पेस हुने विधेयकका विषयमा पनि छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?