+
+

‘एक्टरः टेक वन’को प्रिमियर : राजवल्लभको पुनरागमन र दिब्याको डेब्यु प्रेरित (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १५ गते १२:०८

काठमाडौं । प्रदीप खड्का, राजवल्लभ कोइराला स्टारर फिल्म ‘एक्टर : टेक वन’लाई सोमबार बेलुका क्यूएफएक्सको भक्तपुर हलमा रेडकार्पेट प्रिमियर गरिएको छ । भव्य समारोहमा ‘कास्ट एण्ड क्रू’सहित सेलेब्रिटीको बाक्लो उपस्थिती रह्यो ।

लामो समयपछि पर्दामा पुनरागमन गरेका अभिनेता कोइराला प्रिमियरमा आकर्षण बने । डेब्यु एक्ट्रेस दिब्या रायमाझी पनि प्रिमियरमा चम्किइन् । प्रदीप र आना शर्मा पनि ‘स्टाइलिस लुक्स’मा प्रस्तुत भए ।

कलाकारको पहिरन र स्टाइल ‘फेसन स्टेटमेन्ट’ बन्यो । प्रिमियरपछि समग्रमा फिल्मले सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । शहिद दिवसको अवसरमा बुधबारदेखि फिल्म देशब्यापी प्रदर्शन तयारीमा छ ।

फिल्मलाई राजन भुसालले निर्देशन गरेका हुन्, जुन उनको डेब्यु निर्देशकीय फिचर हो । फिल्मको शीर्ष भूमिका एक्टरको रोलमा प्रदीप प्रस्तुत छन् । थ्रीलर शैलीमा भनिएको कथाले दर्शकको मन जित्ने पक्का छ । यदि तपाईंलाई थ्रीलर शैलीका फिल्ममा रुचि छ भने यो फिल्म दर्शनीय हुनसक्छ ।

फिल्ममा दिव्यदेव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौला, निश्चल बस्नेत, महेश त्रिपाठीको पनि अभिनय छ । पटकथा आकाश बराल र राजन भुसालले लेखेका हुन् । अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको फिल्मको निर्मातामा थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह-निर्माता अनीश भुसाल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?