+
+

एकीकृत समाजवादीको अपानि : एमालेमा विसंगति र माओवादीमा सैद्धान्तिक गतिरोध छ

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १५ गते १२:२४

१५ माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले कम्युनिष्ट आन्दोलनको कार्यभार सम्हाल्ने जिम्मेवारी आफ्नो पार्टीको काँधमा आइलागेको निष्कर्ष निकालेको छ ।

अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशिका-४ जारी गर्दै एमाले र माओवादी केन्द्रले कम्युनिष्ट आन्दोलन अगाडि बढाउन नसक्ने निष्कर्ष प्रस्तुत गरेका हुन् । ‘अरु कसैले त्यो जिम्मेवारी वहन नगरेको हुँदा हामीले नेकपा एकीकृत समाजवादी गठन गरेर अगाडि बढ्नुपरेको तथ्य हामी सबैले बुझेका छौं । त्यसैले हाम्रा समस्या र चुनौती वा उपलब्धि र सफलता समग्र कम्युनिष्ट आन्दोलनकै विषय हुन्’, अपानिमा भनिएको छ ।

अध्यक्ष नेपालले एमालेमा सैद्धान्तिक जडता र विसगंंति रहेको बताएका छन् । ‘नेकपा एमाले सैद्धान्तिक जडता र विसंगतिबाट संगठनात्मक निराशा, उकुसमुकुस र पलायनतर्फ उन्मुख हुँदै गरेको अवस्थामा त्यसको नेतृत्व सरकार र सार्वजनिक जीवनमा पनि बदनाम हुँदै गएको छ’, अपानिमा उल्लेख छ ।

माओवादी केन्द्रमा पनि सैद्धान्तिक समस्या रहेको अपानिमा भनिएको छ, ‘नेकपा माओवादी केन्द्रमा सैद्धान्तिक गतिविरोध जस्ताको तस्तै छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?