+
+

कांग्रेस सचेतकले अध्यादेशबाटै सरकार चलाउने भन्नुभयो, हाम्रो आपत्ति छ : हितराज पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १५ गते १३:३६

१५ माघ,काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले अध्यादेशबाट सरकार चलाउने कुरा गरेको भन्दै आपत्ति जनाएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो आरोप लगाएका हुन् ।

कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले अब सरकारले अध्यादेशबाट सरकार चलाउने कुरा गरेको भन्दै यो कुरा प्रतिपक्ष र जनताका लागि राम्रो नभएको उनको भनाइ थियो ।

‘सदनको सबैभन्दा ठूलो दलको प्रमुख सचेतक मान्यज्युले अब त सरकार अध्यादेशबाट नै चलाउने हो भन्नुभयो । मैले प्रतिप्रश्न गरेँ । यसअघि पनि संसद विघटन भएकै हो । अहिले ६ वटा त आएकै छ,’ पाण्डेले भने, ‘त्यो ६ वटा अध्यादेश अहिले धेरै दिन छैन, यति थोरै समयमा किन ल्याउनुपर्‍यो भन्दा सदनमा विधेयक छिटो नआएपछि सरकार त अध्यादेश ल्याएर चलाउँछ भन्नुभयो । यो जनता, विपक्षीहरूको लागि महत्त्वपूर्ण हो । यो संसद्मा गम्भिर ढंगले प्रश्न उठाउँछौँ ।’

उनले उक्त विषय संसद्मा गम्भीर ढंगबाट आफूहरूले उठाउने पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?