
१५ माघ, काठमाडौं । सरकारले भोलि (माघ १६) गते शहीद दिवसको अवसरमा राजधानीमा कार्यक्रम गर्ने निर्णय गरेको छ ।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
उनका अनुसार प्रधानमन्त्री र मन्त्रीहरू सो कार्यक्रममा सहभागी हुनेछन् ।
‘भोलि शहीद सप्ताहको अन्तिम दिन हो । शहीद दिवस नेपाल सरकारको तर्फबाट मनाउने काम हुन्छ । पहिला शहीदगेट जान्छौं’ गुरुङले भने, ‘प्रधानमन्त्री सहित मन्त्रीज्यूहरू सबैले माल्यापर्णसहित श्रद्धाञ्जली अर्पण हुन्छ । त्यसपछि लैनचोर गएर श्रद्धाञ्जली अर्पण गर्छौं ।’
शहीदहरूलाई माल्यार्पण सकेपछि भृकुटीमण्डप वा अन्य कुनै खाली ठाउँमा कार्यक्रम आयोजना गरिने पनि उनले जानकारी गराए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4