+
+

सगरमाथा क्षेत्रमा प्रवेश गर्ने सडकमा गाउँपालिकाले तोक्यो चर्को सेवा शुल्क

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १५ गते १४:२४
फाइल तस्वीर

१५ माघ, काठमाडौं । सगरमाथा क्षेत्र प्रवेश गर्ने सडकमा खुम्बु पासाङल्हामु गाउँपालिकाले चर्को सेवा शुल्क तोकेको छ ।

गाउँपालिकाले सूचना जारी गर्दै सडक मर्मत सम्भार शुल्कबापत प्रतिसिट प्रतिपटक ५० रुपैयाँ शुल्क स्थानीय तहलाई बुझाउनुपर्ने भएको छ ।

उदाहरणका लागि ४० सिटे गाडी उक्त गाउँपालिका प्रवेश गर्न खोज्यो भने हरेक पटक २ हजार रुपैयाँ सेवा शुल्क स्थानीय तहमा बुझाउनुपर्ने भएको छ । अन्ततः यसको भार भने यात्रुमा पर्छ ।

उता, सडक मर्मत सम्भार शुल्क (ढुवानी साधन) का हकमा प्रतिक्विन्टल प्रतिपटक १० रुपैयाँ सेवा शुल्क राखिएको छ । गाउँपालिकाले वडा नम्बर १ खरिखोलास्थित नगर प्रहरी पोस्टमा यो शुल्क बुझाउन समेत भनेको छ ।

हेर्नुहोस् सूचना :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?