+
+

नीला आँखावाली भाइरल गर्ल मोनालिसालाई फिल्मको समेत अफर

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १५ गते १४:३२

काठमाडौं । सामाजिक सञ्जालमा नीला आँखावाली एक किशोरी चर्चामा छिन् । भारतको प्रयागराजमा चलिरहेको महाकुम्भ मेलामा माला बेच्दै गरेकी युवती आकर्षक नीला आँखा र मीठो मुस्कानले अहिले देशविदेशमा भाइरल छिन् ।

ती हुन् मोनालिसा भोस्ले, जसलाई भाइरल मोनालिसाको नाम दिइएको छ । उनले मेलामा रुद्राक्षका माला बेच्छिन् । त्यही बेला उनको सौन्दर्यमा लोभिएका केही मान्छेले भिडियो खिचेर सामाजिक संजालमा पोस्ट गरे । भिडियो रातारात भाइरल भयो ।

मोनालिसाको गाढा छाला, सुन्दर आँखा अनि लवजलाई धेरैले मन पराउन थाले । त्यसयता उनको चर्चा देश विदेशमा चुलिएको छ । केही मिडिया रिपोर्टमा निर्देशक सनोज मिश्राले फिल्मको अफर गरेको दावी गरेका छन् । मिश्राले यसअघि ‘दी डायरी अफ वेस्ट बंगाल’ र ‘रामकी जन्मभूमि’जस्ता फिल्म निर्देशन गरेका छन् ।

मोनालिसाले भने अफरको बारेमा कुनै प्रतिक्रिया नदिएको बताइएको छ । मिश्राले ‘दी डायरी अफ मणिपुर’मा भूमिकाको लागि अफर गरेका थिए ।

अनलाइन भाइरल हुन थालेपछि मेलामा उनको पसल बाहिर मान्छेको भीड लाग्न थाल्यो । अटोग्राफ लिन र तस्वीर खिचाउनेको भीड जम्मा हुन थाल्यो । भीड बढ्न थालेपछि १६ वर्षिया किशोरीमाथि दुव्र्यवहार समेत हुन थाल्यो । परिवार छोरीको सुरक्षालाई लिएर चिन्तित हुन थाल्यो ।

एक भिडियोमा मोनालिसालाई पसल वरपर मान्छेले तानिरहेको देखाइएको थियो । त्यतिबेला परिवारले माथिबाट कपडाले ढाक्नुपरेको थियो । वास्तवमा यो चिन्ताको विषय बन्यो । यसपछि उनका पिताले घर फर्काइदिए ।

मोनालिसा मेलाबाट फर्केपछि पनि क्लिप भाइरल भए । केही भिडियोमा स्थानीय मेकअप आर्टिस्टबाट मेकओभर गरिरहेको देखियो । मेकअप गर्दा उनको प्राकृतिक सौन्दर्य ढाकिएको भन्दै विरोध पनि भयो । धेरैले उनको प्राकृतिक सौन्दर्य राम्रो रहेको बताए ।

यसरी माला बेचेर बस्ने किशोरी रातारात भाइरल बनिन् । उनको यो यात्रा महाकुम्भ मेलादेखि बलिउडसम्म निकै कठिन थियो । इन्टरनेटको प्रसिद्धिले उनलाई चर्चामा ल्यायो, यसको कारण उनले मानसिक र शारीरिक दुःख पनि भोग्नुपर्‍यो । उनको चर्चा यतिसम्म छ कि भारतीय मूलधारका मिडियाले समेत कभरेज गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?