+
+

अछाममा दुई किशोरी मृत घटनाको अनुसन्धानमा खटियो सीआईबीको टोली

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १५ गते १५:०८
घटनास्थल ।

१५ माघ, काठमाडौं । अछाममा गोठालो गएका दुई जना किशोरी मृत अवस्थामा भेटिएको घटनाको अनुसन्धानका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली पनि खटिएको छ ।

प्रहरी निरीक्षक इन्सपेक्टर सूर्यबहादुर शाही र वरिष्ठ असई श्रीभक्त श्रेष्ठसहितको टोली अनुसन्धानमा खटिएको सीआईबी प्रवक्ता एवं एसएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

सो घटनाका लागि प्रदेश प्रहरी कार्यालयको टोली पनि मंगलबारबाट खटिएको छ ।

ढकारी गाउँपालिका–१ को छिन्ने जंगलमा ढकारी–८ पल्साताकी १५ वर्षीय सरस्वती खड्का र १४ वर्षीय इशरा खड्का बाख्रा चराउन गएको अवस्थामा मृत भेटिएका थिए ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख, डीएसपी ईश्वरी भण्डारीका अनुसार घटनाको अनुसन्धानका लागि दुई जनालाई पक्राउ गरिएको छ ।

उनीहरूमाथि अनुसन्धान जारी छ ।

सोधपुछका लागि समेत प्रहरीले केहीलाई नियन्त्रणमा लिएको थियो । उनीहरूलाई सोधपुछपछि छाडिएको प्रहरीले जनाएको छ ।

डीएसपी भण्डारीले घटना हत्या वा भवितव्य के हो ? अहिले नै भन्न सकिने अवस्था नरहेको बताए ।

भेरी प्रादेशिक अस्पतालमा मृतक किशोरीहरूको शव परीक्षण गरिएको छ तर रिपोर्ट आउन बाँकी छ । उनीहरू शव मंगलबार अछाम ल्याइने प्रहरीले जनाएको छ ।

प्रहरीले तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरिरहेको छ । मृतकका आफन्तले घटना शंकास्पद रहेकाले गहिरो अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?