+
+

प्रचण्डको स्पष्टीकरण- समाजवादी मोर्चामा मेरो अरुचि होइन

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १५ गते १७:१०

१५ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चामा आबद्ध दलहरू एउटै केन्द्र बनाउने उद्देश्यबाट विमुख हुन नहुने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘रणनीतिक दृष्टिकोणले एउटै केन्द्र बनाउने उद्देश्यबाट बिमुख हुन हुँदैन । कहिलेकाहीँ कमरेडहरूले मलाई ताकेर अलिकति अरुचि प्रचण्डले नै गर्‍यो कि क्या हो भन्ने गर्नुभएको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘त्यो सत्य होइन । बरु, म अलि अलि हतारो चाहिँ छिटो पार्टी एकता गरौं भन्नेवाला हुँ ।’

उनले हतार गरेर गरिएको एकताले दुर्घटनातर्फ जान नहुने पनि बताए । ‘एकता र ध्रुवीकरणको प्रयास पनि हामीले जारी राख्नुपर्छ,’ उनले भने ।

अध्यक्ष प्रचण्डभन्दा अगाडि सम्बोधन गरेका एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रचण्डतर्फ संकेत गर्दै समाजवादी मोर्चाको कार्यक्रमलाई बेवास्ता गरेको व्यंग्य गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?