+
+

गृहमन्त्री लेखक र भारतका अतिरिक्त सचिव महावरबीच भेटवार्ता

भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले मंगलबार गृहमन्त्री रमेश लेखकसँग शिष्टाचार भेट गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १५ गते १५:१०

१५ माघ, काठमाडौं । भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले मंगलबार गृहमन्त्री रमेश लेखकसँग शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा सहकार्य, दुवै देशका सीमा सुरक्षाबलबीचको सम्बन्ध र सहकार्य, लागूऔषध ओसारपसार तथा दुर्व्यसन नियन्त्रण लगायत विषयमा छलफल भएको छ ।

त्यसका साथै कञ्चपुरको दोधारा चादँनीमा एकीकृत भन्सार जाँच चौकी (आईसीपी) निर्माण र सुरक्षा सम्बन्धी समझदारीका सम्बन्धमा समेत छलफल भएको गृहमन्त्री लेखकको निजी सचिवालयले जनाएको छ ।

सो अवसरमा गृहमन्त्री रमेश लेखक र अतरिक्त सचिव महावरले दुई देशबीच आगामी दिनमा समेत सम्बन्ध थप प्रगाढ हुनेमा विश्वास व्यक्त गरेका छन् ।

मन्त्री लेखकले शान्ति सुरक्षाले विकास र समाजलाई प्रभाप पार्ने हुँदा उक्त विषयमा दुवै मुलुक गम्भीर हुनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?