+
+

‘पूर्णबहादुरको सारंगी’ले पटकथा संग्रहालयमा बुझायो स्क्रिप्ट

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १५ गते १६:५४

काठमाडौं । सर्वकालिन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’ले चलचित्र विकास बोर्डले सुरुवात गरेको पटकथा संग्रहालयमा पटकथा बुझाएको छ । लेखक तथा निर्देशक सरोज पौडेलले मंगलबार बोर्ड अध्यक्ष दिनेश डीसीलाई स्क्रिप्ट बुझाएका हुन् ।

‘प्रदर्शनको गौरवमय १०० दिन पुग्न लागेको यो घडीमा निर्माता, प्रदर्शक र कलाकार लगायत सबैलाई बधाई’ अध्यक्ष डीसीले स्क्रिप्ट बुझ्दै यस्तो लेखेका छन् ।

धेरै कमाउने फिल्मको स्क्रिप्टबारे आगामी पुस्तालाई अध्ययन गर्न यसले सघाउन पुग्ने आशा अध्यक्ष डीसीले व्यक्त गरे । बोर्डले सुरुवात गरेको पटकथा संग्रहालयमा पटकथा पेश गर्ने फिल्मको संख्या ७३ पुगेको छ ।

यसअघि ‘कबड्डी ४’, ‘बोक्सीको घर’, ‘छक्कापञ्जा ५’, ‘अन्तराल’, ‘दुई नम्बरी’, ‘चिसो मान्छे’ र ‘नाङ्गो गाउँ’का निर्माताले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई पटकथा बुझाइसकेका छन् ।

बोर्डमा भव्य पटकथा संग्रहालय स्थापना गरेर नेपाली फिल्मको पटकथालाई अभिलेखको रुपमा राख्ने तयारी थालिएको बोर्डले जनाएको छ ।

पछिल्लो पटक सतीदेवी, नेप्टे, फागु, दशगजा, लालजोडी, हिम्मतवाली, काँडेतार, काली, मायाको बारीमा, म यस्तो गीत गाउँछु २, नालापानी, पञ्चायत, स्केप, मेघा, सिलसिला, तेल भिसा लगायतका फिल्मले पनि पटकथा बुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?