+
+

घूस मुद्दामा चन्द्रागिरिका वडाध्यक्ष तामाङलाई ६ महिना कैद

उर्मिला पाण्डेय तथा उनका साझेदारसँग वडाध्यक्ष तामाङले व्यवसाय स्थानान्तरणका लागि सिफारिस गरिदिन चार लाख रुपैयाँ घूस मागेको अख्तियारको दावी थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १५ गते १७:५५

१५ माघ, काठमाडौं । चन्द्रागिरि नगरपालिका–२ का अध्यक्ष भाइकृष्ण तामाङ घूस लिएको अभियोगमा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको मंगलबारको इजलासले वडाध्यक्ष तामाङलाई दोषी ठहर गरेको हो ।

विशेषले उनलाई ६ महिना कैद र चार लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । घुसको तारतम्य मिलाइदिने ध्रुबबहादुर कडायतलाई पनि विशेषले दोषी ठहर गर्दै त्यति नै सजायको फैसला गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुवैलाई प्रतिवादी बनाई गत २० असारमा मुद्दा दायर गरेको थियो । ललितपुर उपमहानगरपालिका वडा नं. २२ बाट एक उद्योग चन्द्रागिरिमा सार्न घूस लिएको अख्तियारको अभियोग पत्रमा उल्लेख थियो । उर्मिला पाण्डेय तथा उनका साझेदारसँग वडाध्यक्ष तामाङले व्यवसाय स्थानान्तरणका लागि सिफारिस गरिदिन चार लाख रुपैयाँ घूस मागेको अख्तियारको दावी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?