+
+

महालक्ष्मी विकास बैंकको समग्र वित्तीय सूचकमा सुधार

बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार पछिल्लो ६ महिनामा आधार दर ७.४८ र कोष लागत ५.२९ प्रतिशत छ । यो अन्य बैंक तथा वित्तीय संस्थाको भन्दा कम हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १५ गते १५:०३

१५ माघ, काठमाडौं । महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्म आधार दर र कोष लागतमा उल्लेख्य सुधार गरेको जनाएको छ ।

बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार पछिल्लो ६ महिनामा आधार दर ७.४८ र कोष लागत ५.२९ प्रतिशत छ । यो अन्य बैंक तथा वित्तीय संस्थाको भन्दा कम हो ।

गत आव २०८०/८१ असार मसान्तसम्म बैंकको आधार दर ९.३९ प्रतिशत र कोष लागत ७.०३ प्रतिशत थियो । बैंकको आधार दर कम हुँदा ऋणीले लिने ऋणको ब्याजदर समेत कम हुने गर्छ, जसको फाइदा ऋणी पाउँछन् ।

त्यसैगरी नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजी कोष तुलनामा महालक्ष्मीको पूँजी कोष २०८१/८२ पुस मसान्तसम्म १४.९९ प्रतिशत छ । यो २०८०/८१ असार मसान्तमा १४.९३ प्रतिशत थियो ।

न्यूनतम पूँजी कोष बढी भएको अवस्थामा बैंकहरूलाई जोखिम व्यवस्थापन गर्न सहज हुन्छ । यसरी पूँजीका हिसाबले सबल रहेको र आगामी दिनमा व्यवसाय विस्तार गर्नसमेत पूँजी अभाव नरहने महालक्ष्मीले जनाएको छ ।

अघिल्लो आव २०७९/८० को तुलनामा २०८०/८१ अन्त्यसम्म समग्र वित्तीय परिसूचकमा सकरात्मक परिवर्तन देखिएको महालक्ष्मीले जनाएको छ ।

२०७९/८० मा ३७ करोड ७५ लाख रुपैयाँ खुद मुनाफा कमाएको महालक्ष्मीले त्यसमा ३३ प्रतिशत वृद्धि गर्दै २०८०/८१ मा ५० करोड ३ लाख पुर्‍याएको छ । २०८०/८१ अन्त्यमा प्रतिसेयर आम्दानी १२ र सेयर धनी कोषमा प्रतिफल ७.४२ प्रतिशत रहेको छ ।

त्यसैगरी डिजिटल बैंकिङ सेवाको रूपान्तरणकारी परिवर्तन स्वरूप बैंकले सञ्चालनमा ल्याएको ‘महालक्ष्मी स्मार्ट साथी’ मार्फत रियल टाइममा नै मुद्दती खाता खोल्न सकिने, मुद्दती धितो रसिदमा प्रवाह हुने कर्जा माग गर्न सकिने, अनलाइनमार्फत नै केवाईसी फारम भर्न सकिने जस्ता सुविधा प्राप्त गर्न सकिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?