+
+

व्यवसायीमाथि रड आक्रमण घटनामा भारतबाट पक्राउ परेका लामा कारागार चलान

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १५ गते १८:१५

१५ माघ, काठमाडौं । लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा एक व्यवसायीमाथि रड प्रहार गरेको आरोपमा भारतबाट पक्राउ परेका एक आरोपी पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

भारतबाट पक्राउ परेका नुवाकोट घर भएका अजय लामालाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश कृष्णप्रसाद शर्मा नेपालको सोमबारको इजलासले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।

लामासँगै भारतबाटै पक्राउ परेका अर्का प्रतिवादी दीपक बरामुलाई भने एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । नुवाकोटको ककनी गाउँपालिका–६ का ३५ वर्षीय घरजग्गा व्यवसायी विक्रम लामामाथि ११ कात्तिकमा आक्रमण भएको थियो ।

उनीमाथि रड आक्रमण भएको घटनामा प्रहरीले संगठित अपराध र ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलाएको थियो । जसमध्ये निश्चल सुनार र मार्शल भनिने शैलेन्द्र तामाङ यसअघि नै पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

पक्राउ परेका अर्का प्रतिवादी सिजन अधिकारीलाई भने ५० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको थियो । पक्राउ परेका पदम राई र टीका भण्डारीलाई भने सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको थियो ।

यो प्रकरणमा लक्ष्मी राई र रमेश सिलवाल दुई प्रतिवादी भने अझै फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?