+

महिला टी-२० श्रृंखलाका खेलहरू हेर्न त्रिवि मैदानमा प्रवेश नि:शुल्क

२०८१ माघ  १५ गते १९:४२ २०८१ माघ १५ गते १९:४२
महिला टी-२० श्रृंखलाका खेलहरू हेर्न त्रिवि मैदानमा प्रवेश नि:शुल्क

१५ माघ, काठमाडौं । आगामी बिहीबारदेखि काठमाडौंमा सुरू हुने नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी२०आई श्रृंखलाका खेलहरू हेर्न प्रवेश नि:शुल्क गरिएको छ ।

नेपाल क्रिकेट संघ क्यानले सबै खेलहरू टिकटबिना नि:शुल्क हेर्न सकिने प्रबन्ध मिलाएको हो । क्यानले श्रृंखलाभर नेपाली महिला क्रिकेट टोलीलाई समर्थन गर्न आह्‍वान गर्दै टिकटबिना प्रवेश गर्न पाइने जनाएको छ ।

जनवरी ३० देखि फेब्रुअरी ७ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने श्रृंखलामा सबै टोलीले एक अर्कासँग ३-३ खेल खेल्ने छन् । नेपाली महिला टोलीको नेदरल्याण्ड्ससँग पहिलो अनुभव हुनेछ ।

पहिलो खेल जनवरी ३० मा नेपाल र नेदरल्याण्ड्सको बीचमा हुनेछ । त्यसैगरी नेदरल्याण्ड्स र थाइल्याण्डले ३१ जनवरीमा खेल्ने छन् भने फेब्रुअरी १ मा नेपाल र थाइल्याण्ड खेल्ने छन् । त्यसपछि ७ फेब्रुअरीसम्म लगातार सोही क्रमका खेलहरू हुनेछन् ।

श्रृंखलाका लागि नेपाली टोलीको घोषणा पनि भइसकेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ ।

टोलीमा कप्तान इन्दुसँगै पूर्वकप्तान रुबिना क्षेत्री, सीता रानामगर, पुजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, कविता कुँवर, ममता चौधरी, कविता जोशी, रेवती धामी, रोमा थापा, राजमती ऐरी, मनिषा उपाध्याय र ईश्‍वरी विष्ट छन् ।

महिला टी२० श्रृंखला

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय