
१५ माघ, काठमाडौं । नयाँ स्टक एक्स्चेन्जको लाइसेन्सका लागि प्रक्रिया अघि बढाउने विषयमा छलफल गर्न बसेको धितोपत्र बोर्ड बैठक ठोस निर्णयविना सकिएको छ ।
आज मंगलबारको बोर्ड बैठकमा यसबारे सामान्य छलफल भए पनि थप छलफल गर्ने गरी कुनै निर्णय नभएको प्रवक्ता निरञ्जय घिमिरेले जानकारी दिए ।
नयाँ स्टक एक्स्चेन्जको लाइसेन्सका लागि तीन कम्पनीका आवेदन परेको छ । तिनै तीन कम्पनीमध्ये व्यावसायिक कार्ययोजनाका आधारमा उत्कृष्ट एकलाई लाइसेन्स दिने बोर्डको तयारी छ ।
बोर्डमा हिमालयन स्टक एक्स्चेन्ज, नेसनल स्टक एक्स्चेन्ज र अन्नपूर्ण स्टक एक्स्चेन्जले लाइसेन्सका लागि आवेदन तथा कार्ययोजना बुझाएका छन् । ती कार्ययोजना मूल्यांकनकै क्रममा रहँदा प्रक्रिया रोकिएको थियो ।
नयाँ स्टक एक्स्चेन्जको कार्यायोजना मूल्यांकन गर्न बोर्डमा अर्थ, कानुन मन्त्रालय र राष्ट्र बैंकबाट प्रतिनिधित्व गर्ने सञ्चालक सदस्य रहन्छन् ।
मूल्यांकन समितिले स्टक एक्स्चेन्जका लागि प्राप्त आवेदन तथा व्यावसायिक कार्यायोजना मूल्यांकन गरी लाइसेन्सका लागि सहजीकरण गर्ने छ ।
प्रतिक्रिया 4