+

जसप्रित बुमराह बने आईसीसी वर्ष खेलाडी २०२४

२०८१ माघ  १५ गते २१:३७ २०८१ माघ १५ गते २१:३७
जसप्रित बुमराह बने आईसीसी वर्ष खेलाडी २०२४

१५ माघ, काठमाडौं । भारतका पेस बलर जसप्रित बुमराह आईसीसी वर्ष खेलाडी २०२४ घोषित भएका छन् । आईसीसीले हरेक वर्ष प्रदान गर्ने सर गार्फिल्ड सोबर्स ट्रफी सन् २०२४ का लागि बुमराहले पाएका हुन् ।

आईसीसीले वर्षभरका प्रदर्शनमध्ये सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई यो अवार्ड दिने गर्छ । सन् २०२४ मा बुमराहले तीनवटै फर्म्याटमा राम्रो प्रदर्शन गरेका थिए ।

बुमराह यस ट्रफीबाट सम्मानित हुने पाँचौं भारतीय क्रिकेटर हुन्। यसअघि सन् २००४ मा राहुल द्रविड, २०१० मा सचिन तेन्दुलकर, २०१६ मा रविचन्द्रन अश्विन तथा २०१७ र २०१८ मा विराट कोहली वर्ष खेलाडी घोषित भएका थिए ।

बुमराह वर्ष २०२४ को उत्कृष्ट टेस्ट खेलाडी पनि घोषित भएका थिए । समग्रमा यसरी एकै वर्ष यी दुई अवार्ड पाउने बुमराह चौथो भारतीय हुन् । यसअघि राहुल द्रविड, रवि आश्विन र विराट कोहलीले एकै वर्षमा उत्कृष्ट टेस्ट खेलाडी र वर्ष खेलाडी दुवैको अवार्ड जितेका थिए ।

बुमराह आईसीसी वर्ष खेलाडी घोषित हुने दोस्रो बलर हुन् । यो अवार्ड जित्ने एकमात्र बलर यसअघि भारतकै रविचन्द्रन आश्विन थिए ।

आईसीसी वर्ष खेलाडी घोषित भएपछि बुमराहले यस अवार्ड पाउँदा निकै सम्मानित महसुस भएको बताउँदै यस अवार्डले करियरमा ठुलो अर्थ राख्ने प्रतिक्रिया दिएका छन् ।

महिला वर्ष क्रिकेटर : मेलि केर (न्युजिल्याण्ड)
टेस्ट क्रिकेटर अफ दि इयर : जसप्रित बुमराह (भारत)
महिला ओडिआई क्रिकेटर अफ दि इयर : स्मृति मन्धना (भारत)
पुरूष ओडिआई क्रिकेटर अफ दि इयर : अजमतुल्लाह ओमरजाइ (अफगानिस्तान)
पुरूष टी२०आई क्रिकेटर अफ दि इयर : अर्शदीप सिंह (भारत)
महिला टी२०आई क्रिकेटर अफ दि इयर : मेलि केर (न्युजिल्याण्ड)
इमर्जिङ पुरूष क्रिकेटर अफ दि इयर : कामिन्दु मेन्डिस (श्रीलंका)
इमर्जिङ महिला क्रिकेटर अफ दि इयर : एनरी डेक्सन (दक्षिण अफ्रिका)
एसोसियट पुरूष क्रिकेटर अफ दि इयर : जेरार्ड इरास्मस (नामिबिया)
एसोसियट महिला क्रिकेटर अफ दि इयर : इशा ओजा (यूएई)
अम्पायर अफ दि इयर : रिचार्ड इलिङवर्थ (इंग्ल्याण्ड)

आईसीसी अवार्ड्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय