+
+

अखिल क्रान्तिकारीको मतगणना पेरिसडाँडामा, तारबारसहितको सुरक्षा

चार ठाउँबाट गन्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १५ गते २१:४०

१४ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको मतगणना सुरु हुने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरपछि मतगणना सुरु हुन लागेको हो ।

रातो–कालो मसीका कारण उत्पन्न विवादका कारण रोकिएको मतगणना मंगलबार रातिबाट सुरु हुने भएको हो ।

निर्वाचन आयोगको प्रस्ताव अनुसार मतपेटिकाहरू पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा लगिएको थियो । अहिले पेरिसडाँडामा तारबारसहित मतगणनास्थललाई सुरक्षित बनाइएको छ ।

अब ५ सय २२ मत गन्न बाँकी छ । उक्त बाँकी मत रातभरिमा गणना गरिसक्नेगरी तयारी थालिएको एक विद्यार्थी नेताले जानकारी दिए ।

पदाधिकारी, आयोग, सचिवालय सदस्य, र केन्द्रीय सदस्यको मतगणना बाँकी छ । चार ठाउँबाट मतगणना गरिने तयारी छ ।

छलफलको क्रममा हेडक्वाटर (पार्टी अध्यक्ष प्रचण्ड) निकट मानिएका अध्यक्षका उम्मेदवार विजयप्रकाश सापकोटा बाहेकका उम्मेदवारहरूले सबैभन्दा पहिले कालो मसी प्रयोग भएका मतपत्र रद्द हुनुपर्ने र रातो मसीलाई मात्र मान्यता दिनुपर्ने अडान दोहोर्‍याएका थिए ।

उक्त अडानमा निर्वाचन समिति, अध्यक्षका उम्मेदवार र इन्चार्जसहितको छलफलपछि मंगलबार साँझ सहमति जुटेको हो ।

अध्यक्षमा प्रचण्ड निकट सापकोटासहित जनार्दन शर्मा निकट हेमन्त राई, वर्षमान पुन निकट सुदिन पौडेल र नारायणकाजी श्रेष्ठ निकट उपदेश यादव प्रतिस्पर्धामा छन् ।

विशेष प्रदेश र विश्वविद्यालय प्रदेशबाहेकको मतगणना सम्पन्न हुँदासम्म सापकोटा पहिलो, राई दोस्रो, यादव तेस्रो र पौडेल चौथो स्थानमा छन् ।

नयाँ कार्यसमिति चयनका लागि माघ ११ गते वालमीकि विद्यापीठमा मतदान भएको थियो । सोही दिन रातिदेखि वालमीकि विद्यापीठमै मतगणना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?