१५ माघ, काठमाडौं । टिप टप इन्डो नेपाल टी-२० क्रिकेटमा क्रिकेट एक्सिलेन्स सेन्टर र आयोजक डिएभी क्रिकेट एकेडेमी विजयी भएका छन्।
डिएभि सुशील केडिया विश्व भारतीय स्कुलको आयोजनामा आइतबारबाट सरु भएको प्रतियोगिता अन्तर्गत तल्लो मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको पहिलो खेलमा बोलपुर युथ टाउनलाई क्रिकेट एक्सिलेन्स सेन्टरले ५ विकेटले पराजित गर्यो।
बोलपुरले दिएको ११९ रनको लक्ष्य एक्सिलेन्सले १८.२ ओभरमा ५ विकेट गुमाए पुरा गर्यो। एक्सिलेन्सको जितमा सत्यम बस्नेत ३३ बलमा २६ रन बनाउँदा रायन शेर्पाले २३ बलमा २० रनको योग्दान दिए।
त्यसअघि पहिले ब्याटिङ गरेको बोलपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाए ११८ रन बनाएकध थियो। उसका लागि राथी सरकारले ३६ रन बनाउँदा आर्या मण्डलले २४ रनको योग्दान दिए। यस खेलको प्लेयर अफ द म्याच रविन भट्ट घोषित भए।
यस्तै, दोस्रो खेलमा आयोजक डिएभीले एन्जल्स स्पोर्ट्स एकेडेमीलाई ५३ रनले पराजित गर्यो। डिएभीले दिएको १७९ रनको विशाल लक्ष्य पछ्याएको एन्जल्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १२५ रन मात्रै बनाउन सक्यो।
उसका लागि जोय थापाले ६० बलमा ८५ रनको नटआउट पारि खेलेपनि टोलीको जितमा प्रयाप्त भएन। यस्तै, रिगल महतोले २१ बलमा १२ रन बनाए।
त्यसअघि पहिलो ब्याटिङ गरेको डिएभीका लागि कमल शाहीले ३३ बलमा ४१ रन बनाउँदा प्रसिद्ध जैसीले २५ बलमा ४० रनको योग्दान दिए।
४१ रन र एक विकेट लिएका कमल खेलको प्लेयर अफ द म्याच घोषित भए।
प्रतिक्रिया 4