+

केसिए यू-१४ क्रिकेटमा हिमालयन ए र बाल पार्ककाे जित

२०८१ माघ  १५ गते २१:५० २०८१ माघ १५ गते २१:५०
केसिए यू-१४ क्रिकेटमा हिमालयन ए र बाल पार्ककाे जित

१५ माघ, काठमाडौं। हिमालयन क्रिकेट एकेडेमी ए र बाल पार्क क्रिकेट एकेडेमीले केसिए यु–१४ क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ।

बूढानिलकण्ठको चुनिखेलस्थित काठमाडौं क्रिकेट एकेडेमीको मैदानमा मंगलबार भएको खेलमा हिमालयनले नेक्सस क्रिकेट एकेडेमी ए लाई १४५ रनले पराजित गरेको हो।

हिमालयनले दिएको १७८ रनको लक्ष्य पछ्याएको नेक्ससले १३ ओभरमा सबै विकेट गुमाउँदै ३२ रन मात्रै बनाउन सक्यो। नेक्ससका लक्ष्मण भुर्तेलले ११ र युनिक गौतमले १० रन बनाए। हिमालयनका सौगात धामीले चार र ईशान अलीले दुई विकेट लिए।

त्यसअघि हिमालयनले केभिन दुलालको उत्कृष्ट ब्याटिङमा १७७ रन बनाएको थियो। केभिनले ८० रन बनाए। यस्तै, जयन्द्र विष्टले ३९ रनको योगदान दिए। केभिन नै म्यान अफ द म्याच भए।

अर्को खेलमा बाल पार्कले नेक्सस ए लाई ६ रनले पराजित गर्‍यो। ७८ रनको लक्ष्य पछ्याएको नेक्ससले १९ ओभरमा सबै विकेट गुमाउँदै ७१ रन मात्रै बनाउन सक्यो।

नेक्ससका विधानराज बस्नेतले सर्वाधिक १६ रन बनाए। बाल पार्कका शैलेश आचर्या र सम्भाव्य ढकालले समान दुई विकेट लिए।

त्यसअघि बाल पार्कले १९.४ ओभरमा सबै विकेट गुमाएर ७७ रन बनाएको थियो। बाल पार्को जितमा विशाल अयरले सर्वाधिक ४० रन बनाए। खेलको म्यान अफ द म्याच विशाल नै भए।

केसीए यू-१४ क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय