+
+

अमेरिका पठाउने भन्दै १ करोड लिएर फरार युवक समातिए

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १६ गते १२:४३

१६ माघ, काठमाडौं । अमेरिका पठाउने भन्दै एक करोड रुपैयाँ लिएर फरार भएको आरोप लागेका एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कन्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ घर भइ काठमाडौं टोखा बस्ने २५ वर्षीय भुवन कार्की छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनले बेरोजगार युवायुवतीलाई आकर्षक तलवमा अमेरिका पठाउने भन्दै तीन जनाबाट एक करोड रुपैयाँ लिएर ठगी गरेको आरोप छ ।

पक्राउ परेका कार्कीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?