+
+

शहीदको सपना पूरा गर्न नेतृत्वहरू एकै ठाउँमा उभिनु आवश्यक : उपप्रमुख डंगोल

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १६ गते १४:३७

१६ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले शहीद दिवस मनाएको छ । हरेक वर्ष माघ १६ गते शहीदहरूको स्मरणमा दिवस मनाउने गरिन्छ । सोहीअनुसार आज लैनचौरमा शहीदहरूको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरिएको छ ।

सोही अवसरमा काठमाडौं महानगरपालिकाद्वारा आयोजित कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले शहीदहरूको सपना पूरा गर्न एकै ठाउँमा उभिएर काम गर्न जरुरी रहेको बताइन् ।

उनले शहीदका सपना पूरा गर्न नेतृत्व वर्ग सबै एक हुनुपर्ने पनि बताइन् ।

‘शहीदहरूले देख्नुभएको सपना र त्यो सपना पूरा गर्न वास्तविक रुपमा शहीदहरूको सपना पूरा गर्नका लागि एकै स्थानमा उभिएर हरेक तहका शासन व्यवस्थाको नेतृत्व उभिनुपर्ने अवस्था आएको छ । त्यसका लागि सम्पूर्ण नेतृत्वदायी भूमिका निभाइरहनुभएको नेतृत्वलाई अनुरोध गर्न चाहन्छु,’ उनले भनिन् ।

माघ १० गतेदेखि काठमाडौं महानगरपालिकाले शहीद सप्ताह मनाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?