+
+

समाजवादी मोर्चाको बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १६ गते १५:३७

१६ माघ, काठमाडौं। नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा समाजवादी मोर्चाको बैठक जारी छ ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, नेसपा र नेकपा रहेको समाजवादी मोर्चाले मंगलबार मात्रै राजधानीमा विचार गोष्ठीको आयोजना गरेको थियो ।

समाजवादी मोर्चालाई सक्रिय बनाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निरन्तर प्रयास गर्दै आएका छन् । यसकालागि एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेकपाका महासचिव विप्लवसँग निरन्तर संवाद गरिरहेका छन् ।

समाजवादी मोर्चा गठन हुँदा उपेन्द्र यादव नेतृत्वमा रहेको जनता समाजवादी पार्टी नेपाल समेत थियो। तर, जसपा नेपाल फुटेर अशोक राईको नेतृत्वमा अर्को जसपा बनेको छ । आफ्नो पार्टी फुटाउने भूमिकामा प्रचण्ड समेत सहयोगी बनेको भनेर उपेन्द्र प्रचण्डसँग रुष्ट छन्।

तर, प्रचण्डले उपेन्द्रलाई समेत मोर्चामा समेट्ने प्रयास भने जारी राखेका छन् । उपेन्द्रलाई मोर्चामा सक्रिय गराउने गरी भूमिका खेल्न उनले नेपाललाई जिम्मेवारी नै दिएका थिए ।

यसअघि माओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको विपक्षी दलहरूको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले उपेन्द्र यादवले पार्टी फुटको विषय सर्वोच्च अदालतमा बिचाराधीन रहेको र मुद्दाको टुंगो लागेपछि मोर्चामा सक्रिय हुने विषयमा आफू सकारात्मक जवाफ दिएको ब्रिफिङ गरेका थिए ।

बुधबारको मोर्चाको बैठक संसद अधिवेशनको पूर्व सन्ध्यामा बसेको हो । मोर्चामा रहेका नेताहरू संसदमा साझा एजेण्डामा एकतावद्ध भएर प्रस्तुत हुने र संसदमा नरहेका दलले सडकबाट सरकारमाथि खबरदारी गर्ने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?