+
+

दुई दिनमै हलबाट उत्रिएको ‘एक्टर’को जम्माजम्मी कमाई २८ हजार ८८५

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १६ गते १६:३६

काठमाडौं । केही दिनयता नेपाली फिल्म वृत्तमा फिल्म ‘एक्टर’को नाम खुब चर्चामा छ । रिलिज ताका धेरै नसुनिएको यो नामलाई लिएर अहिले धेरै चर्चा परिचर्चा छ ।

एउटै नाम हुँदा आर्थिक क्षति पुगेको भन्दै निर्माताले शुक्रबार जिल्ला अदालत काठमाडौंमा अर्को फिल्म ‘एक्टर : टेक वन’विरुद्ध मुद्दा हालेका थिए । यो मुद्दामा सुनुवाइ गर्दै अदालतले तत्काल फिल्मको प्रदर्शन रोक्न आदेश दियो ।

धेरैलाई चासो छ, निर्माताले दावी गरेजस्तो आर्थिक क्षति पुग्ने गरि यो फिल्मले कति कमाइ गर्‍यो ? चलचित्र विकास बोर्डको बक्सअफिस डेटाअनुसार मदन घिमिरे निर्देशित फिल्मले २ दिनमा २८ हजार ८८५ रुपैयाँ ग्रस कमाइ गरेको थियो ।

माघ ४ गतेदेखि रिलिज भएको फिल्म माघ ६ गते हलबाट उत्रिएको बोर्डको तथ्यांकमा उल्लेख छ । अन्तिमपटक माघ ६ गते बिहान ११ बजेर १५ मिनेटमा बागबजारको सिटीम्याक्स हलमा यो फिल्मको प्रदर्शन भएको थियो ।

यो मुद्दामा अदालतले माघ २२ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?