+

एपीएफकी सविता महिला लिगको सर्वोत्कृष्ट खेलाडी

२०८१ माघ  १६ गते १६:५९ २०८१ माघ १६ गते १६:५९
एपीएफकी सविता महिला लिगको सर्वोत्कृष्ट खेलाडी

१६ माघ, काठमाडौं । नेपाल एपीएफ क्लबकी सविता राना मगर एन्फा महिला लिग फुटबलको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् । सविताले एपीएफलाई लिग च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।

सविताले नगद १ लाख प्राप्त गरेकी छिन् ।

एपीएफले अपराजित रहँदै एन्फा लिगको उपाधि जितेको छ । पहिलो पटक लिग, सुपर लिग हुँदै प्लेअफ फर्म्याटमा खेलाइएको महिला लिगको विभागीय डर्बी फाइनलमा बुधबार नेपाल पुलिस क्लबलाई ४–० ले पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा एपीएफका लागि सविता राना मगरले दुई गोल गरेकी थिइन् ।

एन्फा महिला लिग एपीएफ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय