+
+

फेक आइडीबाट पैसा मागिएको भन्दै होसियार हुन सुनिता दुलालको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १६ गते १६:५८

काठमाडौं । गायिका सुनिता दुलालले आफ्नो नाममा नक्कली टिकटक अकाउन्ट खोलेर पैसा माग्ने काम भएको भन्दै प्रशंसकलाई होसियार रहन आग्रह गरेकी छन् ।

नक्कली अकाउन्ट भनिएको टिकटक ह्याण्डलको स्क्रिनसट पोस्ट गर्दै गायिका दुलालले यो अकाउन्टविरुद्ध रिपोर्ट गरेर सघाउन आग्रह गरेकी छन् ।

उनी लेख्छिन्, ‘सावधान ! कृपया सावधान रहनुहोला । तल राखिएको फोटो र लिंकमा मेरो नाम प्रयोग गरी नक्कली टिकटक अकाउन्ट खोलि पैसा माग्ने काम भएकोले, सबै शुभचिन्तकहरूले होसियार रहनुहोला । कृपया सबैले उक्त नक्कली अकाउन्टमा गएर रिपोर्ट गर्न सहयोग गर्नुहोला । धन्यवाद–सुनिता दुलाल ।’

यसअघि नेपाल प्रहरीले पनि विज्ञप्तिमार्फत अनलाइन ठगीका घटना बढेकाले सतर्क रहन आग्रह गरेको थियो । केही दिनअघि सरकारले पनि सोसल मिडिया एड्भाइजरी जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?