+

टाइगर कप भलिबल : हेल्प नेपालसँग पराजित हुँदै बाहिरियो एपीएफ

२०८१ माघ  १६ गते १७:२२ २०८१ माघ १६ गते १७:२२

पाँचौं सेटमा सुरुआतबाटै अग्रता लिँदै हेल्प नेपालले १५–१२ ले जित निकाल्यो । ७–१२ को अवस्थालाई उल्टाउँदै १२–१३ को अवस्थामा पुर्‍याए पनि अन्तिम समयमा अंक जोगाउन नसक्दा एपीएफले हार बेहोर्नुपर्‍यो ।

टाइगर कप भलिबल : हेल्प नेपालसँग पराजित हुँदै बाहिरियो एपीएफ

१६ माघ, पोखरा । टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबसँग पराजित हुँदा सशस्त्र प्रहरी बल एपीएफ पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब भलिबल प्रतियोगिताबाट बाहिरिएको छ ।

पोखरो रंगशालामा बुधबार दिउँसो भएको खेलमा पुरुषतर्फ हेल्प नेपालसँग ३–२ को सेटले पराजित हुँदै एपीएफ प्रतियोगितबाट बाहिरिएको हो । तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गरेको एपीएफले पाँचौं सेटमा सम्हालिन नसक्दा प्रतियोगितबाट बाहिरिनुपर्‍यो ।

हेल्प नेपालले पहिलो सेट २५–२२ र दोस्रो सेट २९–२७ ले आफ्नो पक्षमा पारेको थियो । हेल्प नेपालले तेस्रो सेट १३–२५ र चौथो सेट २३–२५ ले एपीएफलाई सुम्पिएको थियो । पहिलो र दोस्रो सेट गुमाएको एपीएफले तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गर्दा खेल पाँचौं सेटमा धकेलिएको थियो ।

तर, पाँचौं सेटमा सुरुआतबाटै अग्रता लिँदै हेल्प नेपालले १५–१२ ले जित निकाल्यो । ७–१२ को अवस्थालाई उल्टाउँदै १२–१३ को अवस्थामा पुर्‍याए पनि अन्तिम समयमा अंक जोगाउन नसक्दा एपीएफले हार बेहोर्नुपर्‍यो ।

हेल्प नेपालले अब लिग चरणको अन्तिम खेल गण्डकी प्रदेशसँग खेल्नेछ । उक्त खेलमा जित निकाल्ने टोलीले एलिमिनेटर खेल्नेछ । पराजित हुने टोली प्रतियोगितबाट बाहिरिनेछ ।

यसअघि भएको खेलमा महिलातर्फ एपीएफ क्लबले आयोजक टाइगर ग्रुपलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । आजै भएको अर्को खेलमा ट्राभल इन्क्वारी प्यासन भलिबल क्लब थाइल्यान्डले सान्त्वना जित निकाल्यो ।

ट्राभल इन्क्वारीले आफ्नो अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटले पराजित गरेको हो । आजको अन्तिम खेल भारतको सुनिल भलिबल क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।

टाइगर कप भलिबल टिपटप हेल्प नेपाल टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय