+
+

काठमाडौंमा चैत* २४ गते विरोधसभा गर्ने समाजवादी मोर्चाको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १६ गते २०:३२

१६ माघ, काठमाडौं । समाजवादी मोर्चाले आगामी चैत २४ गते काठमाडौंमा विरोधसभा आयोजना गर्ने भएको छ ।

बुधबार नेकपा एकीकृत समाजवादीको कार्यालय, आलोकनगरमा बसेको मोर्चाको बैठकले सो निर्णय गरेको नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिए ।

‘चैत २४ गते काठमाडौंमा एउटा भव्य विरोध प्रदर्शनसहितको सभा गर्ने निर्णय भएको छ,’ उनले भने ।

त्यस्तै, चैतको पहिलो हप्तासम्मा मधेशमा जनसभा आयोजना गर्ने निर्णय भएको पनि उनले बताए ।

आजको बैठकमा हिजो (मंगलबार) काठमाडौंमा आयोजना गरिएको समाजवादी मोर्चाको सभाबारे पनि समीक्षा भएको उनले बताए । नेसपासहित देशैभर मोर्चाको संगठन विस्तार गर्ने निर्णय पनि बैठकले गरेको छ ।

(*यसअघि माघ २४ भएकोमा सच्याइएको छ-सम्पादक।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?