+
+

अखिल क्रान्तिकारीको अध्यक्षमा सापकोटा विजयी

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १६ गते २१:१७

१६ माघ, काठमाडौं । अखिल क्रान्तिकारीको अध्यक्षमा विजय प्रकाश सापकोटा विजयी भएका छन् । उनी निकटतम् प्रतिस्पर्धी हेमन्त राईसँग ७१ मतको अन्तरले विजयी भएका हुन् ।

निवर्तमान उपाध्यक्ष केशव रावलका अनुसार सापकोटाले ६ सय ८६ मत प्राप्त गरेका छन् भने राईले ६ सय १५ मत प्राप्त गरेका छन् ।

अध्यक्षका अर्का उम्मेदवार उपदेश कुमार यादवले ३ सय १० र सुदिन पौडेलले १ सय ९२ मत प्राप्त गरेका छन् ।

अध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको थियो । सापकोटा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधरहरुको प्यानलका उम्मेदवार थिए । राईले जनार्दन शर्मा पक्षधरको प्यानलबाट उम्मेदवारी दिएका थिए । यादव नारायणकाजी श्रेष्ठ र पौडेलले वर्षमान पुन पक्षधरको प्यानल खडा गरेर निर्वाचनमा उत्रिएका थिए ।

त्यस्तै, महासचिवमा रोशन थापा यसअघि निर्वाचित भइसकेका छन् । उनले पनि जनार्दन पक्षधर प्यानलबाटै उम्मेदवारी दिएका थिए ।

कोषाध्यक्षमा पनि जनार्दन शर्मा प्यानलकै फूलमाया राना विजयी भएकी छिन् ।

निर्वाचन समितिले औपचारिक घोषणा भने गर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?