१६ माघ, काठमाडौं। विराटनगर ब्यानडिट्स विरुद्ध लिग चरणमा व्यहोरेको हारको बदला लिँदै काठमाडौं माभरिक्स नेपाल कबड्डी लिग (एनकेएल) को फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा बुधबार भएको क्वालिफायर टु मा काठमाडौंले विराटनगरलाई ४८-२६ ले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो । यसअघि लिग चरणमा विराटनगरसँग काठमाडौं ४४-४३ ले पराजित भएको थियो ।
काठमाडौंले अब उपाधिका लागि जनकपुर नाईट्ससँग खेल्नेछ ।जनकपुरले क्वालिफायर वानमा विराटनगरलाई पराजपित गर्दै फाइनलमा स्थान बनाइसकेको छ ।
लिगमा तेस्रो भएको काठमाडौंले एलिमिनेटरमा धनगढी वाईल्डक्याट्सलाई हराएर क्वालिफायर टु मा स्थान बनाएकोथियो ।
राष्ट्रिय टिमका कप्तान समेत रहेका घनश्याम मगरले सानदार प्रदर्शन गर्पछि विराटनगरलाई क्वालिफायर टु मा हराएर काठमाडौं उपाधि नजिक पुगेको हो।
जनकपुर र काठमाडौंबीचको फाइनल शुक्रबार हुनेछ।
लिग चरणमा जनकपुर र काठमाडौं बीचको खेल बराबरीमा सकिएको थियो ।
प्रतिक्रिया 4