+
+

विपक्षी दलहरूको संयुक्त बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १७ गते १०:०९

१७ माघ, काठमाडौं । विपक्षी दलहरूको बैठक सुरु भएको छ । सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालयमा बैठक जारी छ ।

संसद्को दिउँदे अधिवेशन शुक्रबारदेखि सुरु हुने भएकोले त्यसैको तयारीका लागि विपक्षी दल जुटेका हुन् ।

सरकारले लामो समय संसद नबोलाएर विधाराधीन अवस्थामा रहेका विधेयककै अध्यादेश ल्याएपछि विपक्षी दलले त्यसको विरोध गरिरहेका छन् । यसबारे संसद्मा कसरी उपस्थित हुने भन्ने रणनीति बैठकले तय गर्ने छ ।

बैठकमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका प्रतिनिधि सहभागी छन् ।

आजै दिउँसो १ बजे माओवादी केन्द्रले संसदीय दलको बैठक पनि बोलाएको छ ।

सत्ता साझेदार दलहरुले पनि यसअघि नै संयुक्तरुपमा बैठक बसेर एकजुट भएर संसदमा प्रस्तुत हुने र अध्यादेशको पक्षमा उभिने निर्णय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?