+
+

छोरी लिएर आइन् जल शाह, काभ्रेका ४ स्कुललाई सहयोग गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १७ गते १२:२३
छोरी कलशसहित काठमाडौं विमानस्थलमा अभिनेत्री जल शाह । तस्वीर सौजन्य- अनुप भट्टराई

काठमाडौैं । चर्चित अभिनेत्री जल शाह छोरी कलशलाई लिएर नेपाल आएकी छन् । दुईवर्षपछि नेपाल आएकी उनी यसपटक ३ साता बस्ने तयारी छ ।

छोरी कलश यसपटक आफ्नो सामाजिक संस्था शिक्षा फाउण्डेसनको विभिन्न गतिविधिमा सक्रिय हुँदैछिन् । यो बसाइमा उनले काभ्रेको चौरी देउराली गाउँपालिकास्थित ४ वटा विद्यालयमा शैक्षिक सामाग्री, लुगा र खानेकुरा वितरण गर्ने कार्यक्रम छ ।

सोमबार विद्यालयमा पुगेर उनले विद्यार्थीलाई ती सामाग्री वितरण गर्नेछिन् । १६ वर्षकी कलश नेपालमा सामाजिक क्षेत्रमा सक्रिय हुन चाहन्छिन् । अबको केही वर्षभित्र फिल्म करिअर पनि सुरु गर्ने उनको तयारी छ ।

उनीहरू मंगलबार काठमाडौंमा उत्रिएका थिए । ‘खासमा बाबु (कलश)को चाहनाले गर्दा यस पटक हामी छोटो समयका लागि नेपाल आएको हो । किन कि उसले जति खेर पनि नेपाल जाऊँ, केही गरौँ भनिराख्छ, त्यसैले यसपालि केही महत्वपूर्ण योजना सहित हामी नेपाल आएका हौँ’ उनले भनिन् ।

छोरी कलशले सानैदेखि सामाजिक सेवामा गहिरो रुचि राखेको जल बताउँछिन् । ‘श्री स्वस्थानी’बाट फिल्ममा डेब्यु गरेकी अभिनेत्री शाहको पछिल्लो फिल्म ‘क्रोध’ थियो जुन सन् २००६ मा रिलिज भएको थियो । उनले अहिलेसम्म ४५ फिल्ममा अभिनय गरेकी छन् ।

विवाहपछि उनी अमेरिका लागेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?