+

महिला टी-२० आईमा दुई नेपाली खेलाडीको डेब्यू

२०८१ माघ  १७ गते १२:५८ २०८१ माघ १७ गते १२:५८
महिला टी-२० आईमा दुई नेपाली खेलाडीको डेब्यू

१७ माघ, काठमाडौं । नेपालका लागि दुई खेलाडीले महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका छन् ।

बिहीबारदेखि काठमाडौंमा सुरू भएको महिला टी-२०आई श्रृंखलाको पहिलो खेलमा एलिशा कुमारी यादव र मनिषा उपाध्यायले डेब्यू गरेका हुन् ।

विकेटकिपर एलिशा नेपालको यू-१९ विश्‍वकप टोलीमा थिइन् । उनले नेपालका सबै विश्‍वकप खेलहरू खेलेकी थिइन् ।

त्यसैगरी मनिषाले यसअघी यू-१९ टोलीबाट खेलेकी थिइन् । यू-१९ महिला टी-२० विश्‍वकप एसिया छनोटसम्म खेलेकी मनिषा विश्‍वकप भने खेलिनन् ।

भर्खरै सम्पन्न महिला पीएम कप महिला राष्ट्रिय क्रिकेटमा बागमती प्रदेशबाट खेलेकी मनिषा सर्वाधिक विकेट लिने खेलाडी समेत थिइन् ।

नेपाली महिला क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय