+

टाइगर कप भलिबल : पुलिसलाई हराउँदै न्यु डायमण्ड क्वालिफायर टु मा प्रवेश

२०८१ माघ  १७ गते १३:१५ २०८१ माघ १७ गते १३:१५
टाइगर कप भलिबल : पुलिसलाई हराउँदै न्यु डायमण्ड क्वालिफायर टु मा प्रवेश

१७ माघ, काठमाडौं । नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै न्यु डायमण्ड पोखरामा भइरहेको पाँचौ टाइगर कप भलिबलको महिलातर्फ क्वालिफायर टु मा प्रवेश गरेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा बिहीबार भएको एलिमिनेटर खेलमा न्यु डायमण्डले पुलिसलाई २५-२२, २५-१४, २५-२१ ले पराजित गरेको हो ।

यसअघि पहिलो चरणमा पनि न्यु डायमण्ड र पुलिस बीच नै खेल भएको थियो । जहाँ डायमण्डले पुलिसला२ पराजित गर्दै विनर ग्रुपमा लिग खेलेको थियो । विनर ग्रुपमा लिगका दुवै खेलमा पराजित हुँदै तेस्रो भएपछि डायमण्डले एलिमिनेटर खेल्नुपरेको हो ।

यस्तै पहिलो खेल हारेर लुजर ग्रुपमा परेको पुलिसले त्यहाँ दुवै खेल जितेर एलिमिनेटरमा स्थान बनाएको थियो । तर दोस्रो पटक पनि डायमण्डसँगै पराजित भएपछि पुलिस बाहिरिएको हो ।

अब न्यु डायमण्डले फाइनल प्रवेशका लागि क्वालिफायर वानको पराजित टोलीसँग खेल्नेछ । विनर ग्रुपमा पहिलो स्थानमा रहेको एपीएफ र दोस्रो स्थानमा रहेको आयोजक टाइगर ग्रुप पोखराबीच क्वालिफायर वान खेल हुनेछ । यसको विजेता सिधै फाइनल प्रवेश गर्नेछ ।

टाइगर कप भलिबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय