+

महिला टी-२० आई शृंखला : नेदरल्याण्ड्सले नेपाललाई दियो बलियो लक्ष्य

२०८१ माघ  १७ गते १३:४७ २०८१ माघ १७ गते १३:४७
महिला टी-२० आई शृंखला : नेदरल्याण्ड्सले नेपाललाई दियो बलियो लक्ष्य

१७ माघ, काठमाडौं । काठमाडौंमा आजदेखि सुरू भएको नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी२०आई श्रृंखलाको पहिलो खेलमा नेपाल र नेदरल्याण्ड्स खेल्दै छन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेल जित्न नेपालले १५८ रनको बलियो लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १५७ रन बनायो ।

नेदरल्याण्ड्सका लागि रोबिन रिकेले अविजित अर्धशतकीय पारी खेलिन् । उनले ४८ बलमा ८ चौकासहित ५९ रन बनाइन् । त्यस्तै आइरिस विलिङले १३ बलमा ३१ रनको फिनिसिङ पारी खेलिन् ।

नेपालका लागि कविता कुँवर, पुजा महतो, सिता राना मगर र ईश्वरी विष्टले एक-एक विकेट लिए ।

नेपालले महिला टी-२०आईमा पूरा गरेको सबैभन्दा ठुलो लक्ष्य ११६ रनको हो । यो लक्ष्य नेपालका लागि चुनौतिपूर्ण हुनेछ ।

नेपालका लागि दुई खेलाडीले डेब्यू समेत गरे । एलिशा कुमारी यादव र मनिषा उपाध्यायले डेब्यू गरेका हुन् ।

श्रृंखलामा सबै टोलीले एक अर्कासँग ३-३ खेल खेल्ने छन् । नेपालले दोस्रो खेल शनिबार थाइल्याण्डसँग खेल्ने छ । माघ २० मा नेदरल्याण्ड्स, माघ २२ मा थाइल्याण्ड, माघ २३ मा नेदरल्याण्ड्स र माघ २५ मा थाइल्याण्डसँग खेल्ने छ ।

फाइनल नहुने भएकाले सबै खेल सकिँदासम्म धेरै खेल जितेर उच्च अंक हासिल गर्ने टिम श्रृंखलाको विजेता बन्ने छ ।

महिला टी२०आई श्रृंखला

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय