+
+

‘एक्टर : टेक वन’विरुद्धको मुद्दा फिर्ता लिने सहमति, रिलिजको बाटो खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १७ गते १४:०२

काठमाडौं । ‘एक्टर’ र ‘एक्टर : टेक वन’ फिल्मका निर्माताबीच नामलाई लिएर चलिरहेको विवाद टुंग्याउने सहमति भएको छ । विहीबार दिउँसो आफूहरूबीच आन्तरिक सहमति जुटेको ‘एक्टर : टेक वन’का निर्माता मोती कार्कीले बताए ।

दुबै फिल्मका निर्माताबीच लिखित समझदारी भएको छ । जसमा ‘एक्टर’का निर्माताले अदालतमा विचाराधिन मुद्दा फिर्ता लिने सहमति जुटेको उल्लेख छ । ‘हामीहरूबीच आन्तरिक सहमति भएको छ’ निर्माता कार्कीले भने ।

कुन बुँदामा सहमति भएको उनले खुलाएनन् । सहमतिपछि दुबै निर्माताले वक्तव्य जारी गर्दै आजैको मितिदेखि फिल्मको प्रदर्शनमा सघाउन चलचित्र विकास बोर्ड र देशभरका हललाई आग्रह गरेका छन् । ‘आजैदेखि हल खुलाउने हाम्रो प्रयास हुनेछ’ कार्कीले भने ।

सहमतिपत्रमा ‘एक्टर’का तर्फबाट नेपाल डायस्पोरा इन्टरटेनमेन्ट प्रालिका सम्राट थापा, ‘एक्टर : टेक वन’ निर्माता कम्पनी अदृत फिल्म्स प्रालिको तर्फबाट थमनकुमार भण्डारी र अ मोती फिल्म्सको तर्फबाट मोती कार्कीले हस्ताक्षर गरेका छन् । सहमतिपछि ‘एक्टर : टेक वन’ रिलिज हुने बाटो खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?