+
+

भैरहवाबाट स्थलमार्ग हुँदै गोरखपुरको यात्रामा पूर्वराजा शाह

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १७ गते १४:१४
कपिलवस्तुको तौलिहवास्थित ताम्रेश्वरनाथ महादेव मन्दिरको दर्शनका लागि जाँदै गर्दा पूर्वराजा शाह (तस्वीर : सुशान्त आचार्य)

१७ माघ, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज (बिहीबार) गोरखपुर यात्रामा निस्कँदैछन् । उत्तर प्रदेशमा अवस्थित गोरखनाथ मन्दिरको दर्शनका लागि उनी त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । शाहका संवाद सचिव फणीराज पाठकका अनुसार भैरहवाबाट स्थलमार्ग हुँदै बिहीबार दिउँसो २ बजे गोरखपुरको यात्रामा निस्कने कार्यक्रम तय भएको छ ।

पूर्वराजा शाह केही दिनदेखि भैरहवामा थिए । भैरहवाबाटै गोरखपुर गएर मात्रै उनी काठमाडौं फिर्ता हुने कार्यक्रम छ ।

गोरखपुर मन्दिरको दर्शन र पूजाआजाका लागि उनी त्यहाँ जान लागेका हुन् ।

भोलि (शुक्रबार) शाहले गोरखपुर मन्दिरमा पूजाआजा गर्नेछन् । शाहसँगै पूर्वरानी कोमल राज्यलक्ष्मी शाह पनि गोरखपुर जानेछिन् ।

पूजाआजाबाहेकका अन्य कुनै कार्यक्रम नभएको पाठकले बताए ।

यद्यपि, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग पनि भेट हुनसक्ने बताइएको छ ।

‘गोरखनाथको पुजारी आदित्यनाथजी हो । उहाँ पनि त्यहाँ जानुभयो भने भेट हुन पनि सक्छ,’ पाठकले थप प्रष्ट पार्दै भने, ‘खास सवारीको उद्देश्य चाहिँ गोरखनाथमा पूजा गर्ने हो ।’

हाल भारतीय जनता पार्टीका तर्फबाट मुख्यमन्त्री रहेका योगी लामो समय गोरखनाथ मन्दिका मुख्य पुजारी थिए ।

पूर्वराजा शाह कति दिन गोरखपुर रहने भन्नेबारे अहिले यकिन भइसकेको छैन ।

‘जाने दिन भोलि हो । कति दिन राज हुन्छ भन्ने मलाई थाहा छैन,’ उनले भने ।

गोरखनाथ मन्दिरमा पूर्वराजाले खिचडी चढाउने परम्परा छ । सोही परम्पराको निरन्तरता दिँदै उनी गोरखपुर जान लागेका हुन् । भोलि शुक्रबार मन्दिरमा खिचडी चढाउने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?