+
+

सिंहदरबारमा माओवादी केन्द्रको संसदीय दलको बैठक

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १७ गते १४:२७

१७ माघ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक सुरु भएको छ । बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा बैठक सुरु भएको हो ।

शुक्रबारबाट हिउँदे अधिवेशन सुरु हुँदैछ । त्यसै सन्दर्भमा प्रमुख प्रतिपक्षबाट आफ्ना आवाजहरू एक भएर उठाउन दबाब दिनेसहितका एजेण्डाहरू र अध्यादेशको बारेमा विरोध गर्नेबारे छलफल हुने र सांसदहरूलाई प्रशिक्षित गर्ने लगायतका एजेण्डाहरू रहेका छन् ।

यसअघि नै आज नै विपक्षी दलहरूको बैठक समेत बसेको थियो ।

उक्त बैठकले अध्यादेश अस्वीकार गर्ने र आवश्यक परे सडक संघर्ष गर्ने चेतावनी समेत दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?