+
+

जामाचोमा बन्ला अपाङ्गमैत्री पदमार्ग ?

समुद्र सतहबाट दुई हजार एक सय ३० मिटर उचाइमा रहेको यो ठाउँ एक दिनको हाइकिङका लागि प्रख्यात छ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १७ गते १५:१७

१७ माघ, काठमाडौं । संघीय राजधानी काठमाडौंको लोकप्रिय हाइकिङ गन्तव्य ‘जामाचो’ मा अपाङ्गमैत्री पदयात्रा मार्गको सम्भाव्यता अध्ययन गरिने भएको छ ।

नेपाल पर्यटन बोर्डले नेपाली सेना र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको समन्वयमा यस्तो सम्भाव्यता अध्ययन तयारी गरेको हो ।

यो कामका लागि बोर्डले चालु आर्थिक वर्ष २०८१/८२ मा बोर्डले तीन लाख रुपैयाँ बजेटसमेत विनियोजन गरेको छ । कुल चार किलोमिटर लामो यो पदयात्रा मार्गमा सार्वजनिक बिदाका दिनमा अधिक चाप हुने गरेको छ ।

जामाचो शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जको नागार्जुन पहाडको शिखरमा अवस्थित बौद्ध गुम्बा हो । समुद्र सतहबाट दुई हजार एक सय ३० मिटर उचाइमा रहेको यो ठाउँ एक दिनको हाइकिङका लागि प्रख्यात छ ।

जामाचो शिखरमा रहेको भ्यु टावरबाट तीन सय ६० डिग्रीमा काठमाडौं उपत्यका र विभिन्न हिमशृङ्खलाको मनोरम दृष्यावलोकन गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?