+
+

सुर्खेतमा बस र मिनी ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १७ गते १६:२८

१७ माघ, काठमाडौं । सुर्खेतको भेरीगंगा नगरपालिका–३ सतरीस्थित सडकमा बस र मिनी ट्रक एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।

ना ४ ख ६२६३ नम्बरको बस र कर्णाली प्रदेश ०२००१ क ००४८ नम्बरको मिनी ट्रक बिहीबार दिउँसो एक आपसमा ठोक्किएका थिए ।

उक्त दुर्घटनामा परेर ट्रक चालक दैलेखकको गुराँस गाउँपालिका–१ का ३१ वर्षीय हिरा पुन मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका मगरको प्रदेश अस्पताल कालागाउँमा उपचारका क्रममा मृतयु भएको हो ।

सोही दुर्घटनामा परेर घाइते भएका अन्य ६ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?