+
+

सरकार व्यापारीका लागि लागि पर्‍यो, विरोधको तयारीमा छौं : एकीकृत समाजवादी

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १७ गते १७:२१

१७ माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारले ल्याएको अध्यादेशको विरुद्धमा जाने तयारी थालिएको बताएको छ ।

बिहीबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकपछि उपमहासचिव रामकुमार भट्टराईले अध्यादेशका कारण अहिले महंगी बढेको निष्कर्ष निकालेको जानकारी गराए ।

‘महंगी बढाएर जनताको ढाड बाँच्ने काम भएको छ । मुठ्ठिभरका व्यापारीका लागि सरकार लागिपरेको छ । यसको विरुद्धमा जाने तयारीमा हामी छौं,’ उनले भने ।

साथै, अध्यादेशका विरुद्धमा कसरी जाने भन्ने छलफल पार्टीमा भइरहेको पनि उनले जानकारी गराए ।

‘अहिले अध्यादेशले हाम्रो नेपालमा भएको भ्रष्टाचार ऐनलाई तोडमोडल गर्‍यो । २० प्रतिशतभन्दा बढी नाफा खान नपाउने ऐन थियो । त्यो लागू नगर्ने भन्ने ऐन ल्याउनासाथ ५ सय रुपैयाँको सिमेन्ट अहिले ८ सय रुपैयाँ बोरा पुगेको छ । यो एउटा मात्रै उदाहरण हो,’ उनले भने ।

पार्टीमा संगठन निर्माण, जिल्ला र प्रदेशका अधिवेशन गर्ने लगायतका विषयमा पनि आजको बैठकमा छलफल भएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?