+

सभापति कपमा गोलकिपर हावी : दीप सर्वोत्कृष्ट खेलाडी, विकेश उत्कृष्ट गोलकिपर

२०८१ माघ  १७ गते २१:४६ २०८१ माघ १७ गते २१:४६
सभापति कपमा गोलकिपर हावी : दीप सर्वोत्कृष्ट खेलाडी, विकेश उत्कृष्ट गोलकिपर

१७ माघ, काठमाडौं । सभापति कप फुटबलमा गोलकिपरहरु हावी बन्दा संकटाका गोलकिपर दिप कार्की सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।

फाइनल पुगेका दुवै टोली संकटा एफसी र आयोजक लोकतान्त्रिक बागमतीको कप्तान नै गोलकिपर थिए । अनि फाइनल खेलको प्लेअर अफ दि म्याच देखि मोस्ट भ्यालुएबल प्लेअर र बेस्ट गोलकिपरको अवार्ड सबै गोलकिपरले नै प्राप्त गरे ।

संकटालाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका कप्तान तथा गोलकिपर दिप कार्की प्रतियोगिताकै मोस्ट भ्यालुएबल प्लेअर (एमभीपी) घोषित भए ।

उनले नगद ७५ हजार पुरस्कार र ट्रफी पाए । फाइनलमा दिप नै प्लेअर अफ दि म्याच समेत बने । त्यसबापत उनले १५ हजार हात पारे ।

यस्तै फाइनलमा पराजित भएपनि लोकतान्त्रिक बागमतीका गोलकिपर विकेश कुथु बेस्ट गोलकिपर घोषित भए ।

फाइनलमा दिप र विकेश दुवैले २-२ पेनाल्टी बचाएका थिए । तर सडन डेथमा पुगेको फाइनलमा संकटाले नै बाजी मार्‍यो । संकटाले ६ पेनाल्टी मध्ये ४ गोल गर्दा २ प्रहार सेभ भएको थियो । बागमतीले ६ मध्ये ३ पेनाल्टी मात्र गोल गर्न सक्यो ।

यसैगरी प्रतियोगिताको उदियमान खेलाडी लोकतान्त्रिक बागमतीका सन्दिप कार्की घोषित भए । उनले प्रतियोगितामा १ गोल समेत गरेका थिए । सन्दिपले नगद २५ हजार पुरस्कार पाए ।

सर्वाधिक गोलकर्ताको अवार्ड भने तीन खेलाडीले संयुक्त रुपमा पाए । जसमा एनआरटीका अन्जन विष्ट र कृतिश रत्न छुन्जु तथा संकटाका अबेका रिचर्डले २-२ गोल गरेका थिए ।

शब्द : गोविन्दराज नेपाल

तस्बिर : विकास श्रेष्ठ

सभापति कप फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय