+
+

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड

एजेन्सी एजेन्सी
२०८१ माघ १८ गते ८:५१

१८ माघ, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस २७९८ सम्म पुगेको हो । ठीक तीन महिनाअघि (३० अक्टोबरमा) बनेको रेकर्ड बिहीबार तोडिएको हो ।

अमेरिकी अर्थतन्त्रको पछिल्लो तथ्यांक सार्वजनिक भएसँगै सुनको मूल्यमा उच्च वृद्धि देखिएको हो । २०२४ को चौथो त्रैमासिक रिपोर्टअनुसार अमेरिकी जीडीपीमा २.३ प्रतिशतको वृद्धि देखिएको छ, जुन अपेक्षा गरिएको २.५ प्रतिशतभन्दा न्यून हो ।

अमेरिकी अर्थतन्त्रमा सुस्तता देखिँदा लगानीकर्ताको रोजाइमा सुन परेको छ, यसले गर्दा मूल्य बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य रेकर्ड बने पनि नेपाली बजारमा भने यसअघि नै भन्सार दर वृद्धिका कारण कात्तिक १५ गते नयाँ रेकर्ड बनेको थियो । सो दिन १ लाख ७१ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

मंसिर ९ गते भन्सार दर फेरि घटाइएपछि मूल्य करिब १६ हजार रुपैयाँ घटेको थियो । बिहीबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँ छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले शुक्रबार नेपाली बजारमा पनि समायोजन गर्दा मूल्य बढ्नेछ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?