+
+

एकैदिन २३ सय बढ्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १८ गते १०:४२

१८ माघ, काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि मूल्य प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ६० हजार ५ सय रुपैयाँ पुगेको थियो ।

अमेरिकी अर्थतन्त्रको वृद्धिदर सुस्त देखिएपछि अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य उच्च दरले बढेको छ । यो प्रभाव शुक्रबार नेपाली बजारमा देखिएको हो ।

त्यस्तै चाँदीको भाउ तोलामा ३० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि मूल्य प्रतितोला १९१५ रुपैयाँ तोकेको छ । अघिल्लो दिन १८८५ रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?