+
+

मधेशकेन्द्रित आठ दलको कार्यदलको पहिलो बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १८ गते ११:२१

१८ माघ, काठमाडौं । मधेशकेन्द्रित आठ दलको कार्यदलको पहिलो बैठक आज बस्दैछ । हिजो बिहीबार सिंहदरबारमा बसेको मधेशकेन्द्रित दलको बैठकले कार्यदल बनाएको थियो ।

बिहीबार दिउँसो ३ बजे सिंहदरबारस्थित लोकतान्त्रिक समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा बैठक बस्ने कार्यक्रम तय भएको छ ।

कार्यदलमा जसपाबाट इस्तियाक राई, जनमतबाट शरद सिंह यादव, जसपा नेपालबाट मनिष सुमन, नागरिक उन्मुक्तिबाट गंगाराम चौधरी, लोसपाबाट लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी केशव झा मेहता, जनता प्रगतिशीलबाट शिवजि यादव र लोसपाबाट ब्रजेश सिंह छन् ।

कार्यदलले साझा एजेण्डा तय गर्न मस्यौदा बनाउने, कार्यदलमा भएका विषय दलमा राख्ने, विधेयकमा समान धारणा लगातयका कार्य गर्ने निर्णय भएको थियो ।

कार्यदलले गरेका निर्णयमाथि सबै दलका अध्यक्षहरू बसेर थप निर्णय लिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?